कोरोनाले आक्रान्त बन्दै काठमाडौ, उपत्यकामा मात्रै १० हजार सक्रिय संक्रमित

काठमाडौ । उपत्यकामा दैनिक संक्रमण दर बढ्दै गए पनि नियन्त्रणका लागि भने सरकारसँग कुनै ठोस योजना छैन् । नियन्त्रण तथा रोकथामको जिम्मा पाएको स्वास्थ्य मन्त्रालयले संयुक्त प्रयासबिना मन्त्रालय एक्लैले केही गर्न नसक्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण रोक्न उपत्यका बाहिरबाट भित्रिएका मानिस र संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टिनमा राख्ने, उनीहरूको निगरानी गर्नेलगायत काम गरिरहेको छ । यसमा सरोकारवाला सबै पक्षको सहयोग भएमात्र संक्रमण नियन्त्रण प्रभावकारी हुन सक्ने मन्त्रालयको भनाइ छ । ‘सरोकारवाला निकाय र नागरिकको सहभागिताबिना स्वास्थ्य मन्त्रालयको एक्लो प्रयासले काठमाडौंमा कोरोना नियन्त्रण सम्भव हुँदैन,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीले भने ।
डा. अधिकारी मन्त्रालयसँगै स्थानीय निकाय, गृह प्रशासन, जनप्रतिनिधिले नियन्त्रणका लागि आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने र नागरिक पनि स्वयं सचेत बन्नुुपर्ने बताउँछन् । उनी २५ हजारभन्दा बढी सक्रिय सक्रमित भए व्यवस्थापन गर्न नसकिने भएकाले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन् ।
देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौ उपत्यकामा १० हजार चार सय २९ जना छन् । जसमध्ये काठमाडौ उपत्यकामा मात्र १० हजार चार सय २९ जना छन् । काठमाडौंमा आठ हजार चार सय ५९, भक्तपुरमा नौ सय १९ र ललितपुरमा एक हजार ५१ जना सक्रिय संक्रमित छन् । उपत्यकामा हालसम्म एक सय ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्