दशै अगाडी उपत्यका लगायतका केहि सहरमा फेरि लकडाउन गर्ने तयारी

दशै अगाडी  उपत्यका लगायतका केहि सहरमा फेरि लकडाउन गर्ने तयारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालमा संक्रमण बढ्दै जाँदा दशैं नजिकै फेरि लकडाउन गर्नेबारे परामर्श थालिएको छ । यसअघि संक्रमितको संख्या २५ हजार नाघेमा नेपालमा फेरि लकडाउन गर्ने स्वास्थ्यमन्त्रालयले जनाएको थियो ।

दिनहुँ संक्रमित बढ्दै गएको भन्दै सरकार र उपत्यकाका प्रमुख जिल्ला अधिकारीले यसबारे छलफल अगाडी बढाएको स्रोतले दाबी गरेको छ । सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको र चाडवाड नजिकिएकाले झनै भयावहको अवस्था आउन सक्ने आंकलन गर्दै यस्तो तयारी गरिएको स्रोत बताउँछ ।

हाल सक्रिय संक्रमितको संख्या २१ हजार बढी पुगेको छ । २५ हजार भन्दा बढी कोरोना संक्रमित भए आवश्यक पुर्वाधारले धान्न नसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका थिए ।

दशैंमा उपत्यका छोडेर गाउँ जानेको संख्या बढी हुने भएकाले संक्रमण जहाँतही फैलिने भएकाले पुन लकडाउन गर्नुपर्ने स्वास्थ्यकर्मीले पनि बताएका छन् ।

उपत्यका लगायतका भिडभाड हुने शहरमा अहिलेपनि सर्वसाधारणहरूले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, मास्क नलगाएको र सावधानी नअपनाएको गुनासो दिनहुँ आउने गरेको छ । त्यसमाथि सार्वजनिक सवारीमा पनि भिडभाड भएको व्यापक गुनासो आइरहेको स्वास्थ्य मन्त्रालयका कर्मचारीले बताउने गरेका छन् ।