प्रदेश राजधानीको लागि बुटवलमा नागरिक समाजको प्रदर्शन, लम्पसार नपर्न सांसदलाई चेतावनी

प्रदेश राजधानीको लागि बुटवलमा नागरिक समाजको प्रदर्शन, लम्पसार नपर्न सांसदलाई चेतावनी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल ।  रुपन्देही प्रशासनले आन्दोलन दबाउन बुटवलका मुख्य क्षेत्रहरुमा आइतबार बिहानै देखि ४ दिन सम्मकालागि निषेधाज्ञा लगाएको छ । तर निषेधाज्ञाकै बाबजुद आइतबार बिहानै देखि औधोगिक व्यवसायिक तथा सामाजिक संघसंस्थाहरु बिरोधमा उत्रीए । ‘प्रदेश राजधानी बुटवल कायम गर,जनताको मतको कदर गर,मननीयहरु खबरदार, अर्को चुनावमा भोट चाहिदैन?’ जस्ता नारा लगाउदै बुटवलको ट्राफिक चोकमा रयाली सहितको बिरोध सभा गरीयो ।

बिरोध सभालाइ सम्बोधन गर्दै उद्योगी व्यवसायीका अगुवाहरुले महामारीका बेला राजधानी तोकेर राजनीतिक लाभ लिन खोज्नु बेइमानी भएको आरोप लगाए । बहुसंख्यक जनताको जनभावनाको कदर नगरी जबरजस्ती राजधानी सारीए त्यसले संघीयता नै धरापमा पार्ने र त्यसको जिम्मा मुख्यमन्त्री शंकर पोख्रेलले लिनु पर्ने चेतावनी दिए ।साविकको लुम्बिनी अंचलका सांसदहरुलाइ प्रस्तावका बिरुद्ध मतदान गर्न  आग्रह गर्दै वक्ताहरुले बुटवलबाट राजधानी सारीए जनताले तीनको राजनीति पनि सिद्धियाइदिने दावी पनि गरे ।

संजालका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेश सरकारकालागि रुपन्देहीका व्यवसायीक संघसस्थाहरुले आफना संरचना सहयोग गरेको भन्दै बिगतलाइ नभुल्न चेतावनी दिए । पुर्वाधारकालागि अर्बौ खर्च गरेपछि नयाँ स्थानमा राजधानी सार्न खोज्नु भ्रष्टाचारी कदम भएको आरोप लगाए । ‘बुटवलबाट राजधानी सार्ने नै भए भोली नै व्यवसायिक संघसंस्थाका भवन खाली गर’ हमालले भने । व्यापार संघका अध्यक्ष यमलाल लोहनीले मुख्यमन्त्रीले शान्तीपुर्ण आन्दोलन  संग डराएर निषेधाज्ञा लगाएको भन्दै आफुहरु गोलीखान तयार रहेको बताए । महामारीले मुलुक आर्थिक संकटमा परेका बेला राजधानीका नाममा नयाँ स्थानमा अर्बौ रकम सक्ने नीति लिनु गम्भिर भुल भएको भन्दै निर्णय सच्याउन आग्रह गरे ।

उद्योग परिषसंघका सदस्य एजाज आलम र रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष माधव पौडेलले प्रदेश सरकार स्थापनामा यहाँको निजी क्षेत्रले गरेको सहयोगलाइ नजरअन्दाज गरीए त्यसको  परिणाम सरकारले थेग्न नसक्ने बताए । नेकपाका प्रदेश सांसदहरुलाइ नेतृत्वकोअगाडी लम्पसार नपर्न पनि आग्रह  गरे ।

काँग्रेसको बन्दको पुर्ण प्रभाव

बुटवलबाट राजधानी सारेर दाङ लैजाने सरकारको प्रस्ताव बिरुद्ध नेपाली काँग्रेसले गरेको रुपन्देही बन्दको प्रभाव आज बिहानै देखि परेको छ । बुटवल सहितका मुख्य बजार,यातायात बन्द छ । काँग्रेसले सोमबार संसद भवन घेराउ गर्ने तयारी गरीरहेको छ । त्यसकालागि हजारौ कार्यकर्ता बुटवलमा उतार्ने बुझीएको छ । त्यस्तै जनमुक्ती रुपन्देही,व्यवसायिक संघसस्थाहरुको संजालले पनि सोमबार बिरोधका कार्यक्रम गर्दैछन ।