दुर्घटनामा एक जनाको मृत्यु

विराटनगर । मोरङको वुढीगंगामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार राती लु६१प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा बुढीगंगा– १ का कमलप्रसाद तावाहाङको मृत्यु भएको हो ।
शनिबार राती करिब १० बजे बुढीगंगास्थित कोसी राजमार्गमा पैदल हिडिरहेका तावाहाङलाई मोटरसाईकलले ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करले गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृतक सशस्त्र प्रहरीका सहायक निरिक्षक हुन् । पाँचथरमा कार्यरत उनी घर विदामा बुढीगंगा आएका थिए । मोटरसाईकल चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्