लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इटहरी । ठूलो परिमाणमा  लागूऔषधसहित सुनसरीको अलग–अलग स्थानबाट प्रहरीले तीन जनालाईं पक्राउ गरेको छ ।

प्रहरीले दुहबी– १० घर भई हाल इनरुवा–२ मा डेरा गरी बस्ने २६ वर्षका दिपककुमार यादव र हरिनगर– ६ का ३४ वर्षे सहिद मियाँलाईं पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा वडा नं. ३ महेन्द्र चोक विधुत प्राधिकरणको शाखा कार्यालय नजिक पूर्व पश्चिम राजमार्गमा अवैध लागु औषध बोरामा पोको पारी राजमार्ग छेउको झाडीमा लुकाई राखेको सूचनाका आधारमा खोजतलास गर्दा दुई जनालाई पक्राउ गरी लागूऔषध वरामद गरिएको हो । यो स्थानबाट डाइलेक्स डिसी सय एमएल देखिएको एक सय ४० बोतल, स्प्रस्मो प्रोक्सिभन प्लस लेखिएको १६५ फायलको कयाप्सुल तीन हजार ९६० वटा र नित्राभेट दस लेखिएको ४५ फायल एक हजार ३५० ट्याब्लेट बरामद गरिएको आइतबार प्रहरीले सार्वजनिक गरेको प्रेस नोटमा उल्लेख  छ।

यसैगरी, कोशी गाउँपालिका– ३ नहरचौकमा लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाच गर्ने क्रममा जिल्ला सोही ठाउँ वडा नं.  ४ का २८ वर्षेे कमरुदिन मियाँले झोलामा बोकी ल्याएको लागुऔषध डाईलक्स डिसी ४५ बोतल र स्पास्मो प्रोक्सिभन ३२८ ट्याब्लेट समेत फेला पारेको प्रहरीले जनायो । पक्राउ परेका तीनै जनालाई प्रहरीले मुद्दा चलाएको छ।