May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

कोरोनाबाट एकको मृत्यु

कोरोनाबाट एकको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ । विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत विराटनगर–९ का एक पुरुषको आइतबार विहान मृत्यु भएको हो । 

                मृतकलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि शनिबार कोशी कोभिड उपचार केन्द्र ल्याइएको उपचार केन्द्रका प्रमुख डा दिपक सिग्देलले जानकारी दिए ।