सामूहिक रुपमा जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

भक्तपुर । १७ बर्षीया एक किशोरीलाई सामूहिक रुपमा जवरजस्ती गर्ने मध्ये दुईजनालाई भक्तपुर प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० बस्ने बर्ष २२ को निरकुमार खड्का र जुगल गाउपालिका–४ पाङताङ बस्ने बर्ष २१ को सूर्य श्रेष्ठ छन् । घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटनाविवरण अनुसार बलत्कारीहरुले असोज १६ गते काठमाडौको रत्नपार्कबाट पानीमा लठ्याउने औषधी मिसाई खान दिई १७ बर्षिया किशोरीलाई रत्नपार्कबाट भक्तपुरसम्म बसमा चढाएर ल्याएर सूर्यविनायकमा नम्बर नखुलेको बसभित्र जबरजस्ती करणी गरेका थिए । उनीहरुलाई आइतबार भक्तपुर जिल्ला अदालतमा पेश गरी जबरजस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेको प्रहरी परिसरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको साथै घटनामा संलग्न रही हाल फरार रहेका प्रतिवादीको खोजतलास भइरहेको परिसले जनाएको छ ।

प्रतिकृया दिनुहोस्