साक्षी लिम्बू बचाउ अभियानबाट संकलित रकम हस्तान्तरण

साक्षी लिम्बू बचाउ अभियानबाट संकलित रकम हस्तान्तरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । छ्थर जोरपाटी गाउँपालिका वडा नम्बर १ को गणेश तिगेला लिम्बू को ब्लड क्यान्सर पीडित ४ वर्षे छोरी साक्षी लिम्बूको उपचारार्थ संकलित रकम तीन लाख ७६ हजार ३५५ रुपैयाँ एक कार्यक्रमका बीच उनको अभिभावक हजुरबुबा जितमान लिम्बूलाई हस्तान्तरण गरिएको छ । माननीय इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संकलन गरिएको रकम साक्षी लिम्बुकी हजुरबुबालाई खेलकुद विकास समिती अध्यक्ष चन्द्र लिम्बू र माननीय प्रदेश सभा संसद पराजुलीले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।  

        हस्तान्तरण कार्यक्रममा छ्थर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ, धनकुटा नगरपालिका वडा नम्बर १ वडाध्यक्ष निरन तामाङ लगायतको उपस्थिती रहेको थियो । छ्थर जोरपाटी गा पा खेलकुद बिकास समिती ले “साक्षी लिम्बू बचाउ अभियान” सन्चालन गरेर रकम संकलन गरेको थियो । उक्त कार्यक्रममा छ्थर जोरपाटी खेलकुद विकास समिति, सिधुवा बजार, जोरपाटी बजार, चुलाचुली बजार तथा विभिन्न संघ सस्था विध्यालयहरु र व्यक्तिहरुबाट स्वतस्फूर्त रुपमा सहयोग प्राप्त भएको थियो । उक्त अभियानमा छ्थर जोरपाटी ५ परेवादिन हाल सिङापुरमा रहनु हुने सामजिक अभियन्ता जमुना तुम्बाहाम्फेको सक्रियतामा एक लाख दुई हजार संकलन भएको थियो । त्यस्तै छ्थर जोरपाटी हाल हङकङ निवासी सोमा तुम्बाहाङ, लोकेन्द्र तुम्बाहाङ, पितम खजुम र नगेन्द्र खजुम को सक्रियतामा साठी हजार ५९० सन्कलन भएको थियो । त्यस्तै छ्थर जोरपाटी खाम्नेरा हाल यु .ए.ई बाट प्रेम आङ्लाको सम्योकजत्वमा छब्बिस हजार १०० रुपैयाँ संकलन गरिएको थियो । यू.केबाट थाम बहादुर मादेन र उत्तरजङ राईबाट दशहजार ७७० सहयोग प्राप्त भएको थियो । सामाजिक अभियन्ता ओम तुम्बाहाङ र ललित तुम्बाहङले धरानबाट छ हजार  सहयोग गरेका छन् । माननीय इन्द्रमणी पराजुलीले साक्षी लिम्बुको जीवन बचाउन गरेको यो अभियानले नानीको स्वास्थ्यमा सुधार आओस भन्ने शुभकामना र आफ्नो व्यक्तिगत पहलमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।