चीनसँग ब्यापार हुने तातोपानी नाका सञ्चालनमा

चीनसँग ब्यापार हुने तातोपानी नाका सञ्चालनमा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । तीन महिनादेखि बन्द रहेको तातोपानी नाका व्यापारिक कारोबारसहित आइतबारदेखि नाका सञ्चालनमा आएको हो ।

       नाका सञ्चालनसँगै चिनियाँ सामाग्री आयात सुरु भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । नाका खुलेकै दिन १२ कन्टेनर सामाग्री भन्सार यार्ड आइपुगेको उनले जानकारी दिए । ‘भन्सार जाँचपास गरी सामाग्री छुटाउने प्रक्रिया सुरु भइसकेको छ,’ प्रमुख खत्रीले बताए । बर्षाको बाढीपहिरोले अरनिको राजमार्गको जम्बु बजार बगाउनुका साथै सडक क्षतविक्षत बनाएपछि गएको असार २५ गतेदेखि नाका बन्द थियो । नाकामा कोरोना संक्रमण नियन्त्रण गर्ने शर्तमा व्यापारिक कारोबार सञ्चालनमा ल्याइएको हो । गएको मंगलबार दुबै मुलुकका स्थानीय अधिकारीबीच यसै शर्तमा आइतबारदेखि नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

       पहिलो चरणमा कोरोना संक्रमणले चिनियाँ भूभागमा रोकिएका सामाग्री आयात हुने सुख्खा बन्दरगाह भन्सारले जनाएको छ । नेपाली व्यवसायीका अनुसार हजार कन्टेनरभन्दा बढी सामाग्री चिनियाँ भूभागमा रोकिएका छन् ।

       नाका सञ्चालनअघि मितेरी पुलसम्म आइपुग्ने सामान सुख्खा बन्दरगाह भन्सारसम्म ल्याउने चालक र मजदुरको कोरोना परीक्षण गरिएको थियो । दुई सिफ्टमा खटिने २९÷२९ चालक, मजदुरको परीक्षण गरिएकोमा चारमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण देखिएका पहिलो सिफ्टका बाँकी २५ मजदुरलाई क्वारेन्टिन पठाएको प्रमुख खत्रीले बताए । ‘अहिले २९ चालक, मजदुरको दोस्रो समूह सामाग्री आयात र लोड÷अनलोडमा परिचालित छ । 

       २०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द नाका गत वर्षको जेठ १५ गते पुनः सञ्चालनमा आए पनि कारोना संक्रमण, बाढीपहिरो लगायत कारण नियमित व्यापारिक कारोवार हुन सकेको छैन ।