अस्पतालबाट विरामीले हामफाले

विराटनगर । विराटनगर अस्पतालको दुईतलामाथिबाट हामफाल्दा आइसियुमा उपचाररत विरामीको मृत्यु भएको छ । सोमबार विहान अस्पतालको आइसीयुमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले अस्पतालको दुईतला माथिबाट हामफल्दा उनको मृत्यु भएको हो ।
फोक्सोमा समस्या देखिएर शनिबार विराटनगर अस्पतालमा गजमेर भर्ना भएका थिए । अस्पतालमा उपचाररत विरामीले किन हामफालेर आत्महत्या गरे भन्नेबारेमा अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्