विराटनगर विमानस्थल विस्तार गर्न त्रिपक्षिय समाझदारीपत्रमा हस्ताक्षर

विराटनगर विमानस्थल विस्तार गर्न त्रिपक्षिय समाझदारीपत्रमा हस्ताक्षर
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका र नगारिक उड्ययन प्राधिकरणवीच विराटनगर विमानस्थल बिस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

       विमानस्थल विस्तारका लागि नागरिक उड्ययन प्राधिकरणले कुल लागतको ५० प्रतिशत, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत लागत खर्च बेहोर्ने छन् । समझदारी पत्रमा प्रदेश सरकारकातर्फबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले विराटनगर विमानस्थलको काममा तीनै तहका  सरकारले लागत योगदान गर्ने सहमति संघीय राज्य व्यवस्थाको पहिलो अभ्यास भएको बताए । भट्टराईले देशभर ५ वटा विमानस्थललाई अन्तराष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गर्ने सरकारको योजना रहेको सुनाए ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई दीर्घकालिन सोचका आधारमा विस्तार गरी ३ हजार मिटर रन वे  निर्माण गर्न लागिएको जानकारी दिए । विराटनगर विमानस्थल विस्तारका लागि गरिएको प्रयास अन्तत सार्थक भएको उनले बताए ।

       विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश र संघिय सरकारसँग साझेदारी गर्दै विकास निर्माणका कामलाई अगाडि बढाउन विराटनगर महानगरपालिका तत्पर रहेको बताए ।