धरानका कोरोना संक्रमित पुरुषको मृत्यु

धरानका कोरोना संक्रमित पुरुषको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुने व्यक्ति धरान १५ का ५५ बर्षीय पुरुष रहेका छन् । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनको आज बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानका अनुसार मृतक विगतदेखि नै उच्चरक्तचाप र मृगौलाका विरामी थिए । उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी कोभिड अस्पतालमा भर्ना भएका थिए । मृतकको शवलाई नियमानुसार व्यवस्थापन गर्ने तयारी भइरहेको पनि प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।