प्रदेश १ मा १ सय ६४ कोरोना संक्रमित थपिए

प्रदेश १ मा १ सय ६४ कोरोना संक्रमित थपिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । सुनसरीमा १ सय ५ सहित प्रदेश १ मा १ सय ६४ जना कोरोना संक्रमित सोमबार थपिएका छन् । प्रदेशको मोरङमा ५२, झापामा २, धनकुटा, तेह्रथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना संक्रमण रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् । सुनसरीकै धरानमा २६ महिला र १५ पुरुष, कोसी गाउँपालिकामा १ महिला १ पुरुष, दुहबी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २२ महिला १५ पुरुष, मिक्लाजुङमा २ महिला ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २, कटहरी, केराबारी, सुनबर्षी र बेलबारीमा १–१ जना, झापाको दमक र स्थानीय तह नखुलेका १–१ महिला, ताप्लेजुङको फक्ताङलुङमा १ पुरुष, धनकुटामा १ महिला, तेह्रथुमको म्याङलुङका १ पुरुष र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्याको ७ हजार ७ सय ७५ पुगेको छ ।