प्रदेश सभा बैठक बिथाेल्न सांसदले गरे, नाराबाजीसँगै कुर्सी फालाफाल र तोडफोड

प्रदेश सभा बैठक बिथाेल्न सांसदले गरे, नाराबाजीसँगै कुर्सी फालाफाल र तोडफोड
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । राजधानीको बिषयलाइ लिएर सोमबार बुटवलको सडकदेखि सदनसम्म प्रदर्शनहरु भए । सोमबार मध्यान्ह १२ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो । राजधानीका बिषयमा सत्तारुढ नेकपाको संसदीय दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण एक घण्टा ढिलो गरी बैठक सुरु भयो ।

सोमबार बिहानै ६ बजे बोलाइएको नेकपाको संसदिय दलले  प्रस्तावको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी ग¥यो । काँग्रेसले राजधानीको प्रस्ताव असंवैधानिक ढंगबाट ल्याइएको प्रस्ताव खारेज गरीनु पर्ने, संसदिय मर्यादा कायम गर्न, राजधानी र नाम सम्बन्धि अध्ययन गर्न बनेको विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने र आन्दोलनकै क्रममा आइतबार बुटवलबाट पक्राउ परेकाहरुको निःशर्त रिहाइ गर्नुपर्ने माग पुरा नभएसम्म संसद चल्न नदिने निर्णय गर्यो

       सभामुखले विपक्षी दलका नेता विरेन्द्र कनौडियालाई बोल्ने समय दिए । उनले संरचना बनिसकेको बुटवलको विकल्प दाङको भालुवाङ हुनैनसक्ने भन्दै सरकारले ल्याएको प्रस्तावको औचित्य पुष्टि गर्न भन्दै संसद चल्न नदिने बताए । लगत्तै सभमुखले बैठक सुरु गर्न खोजेपछि कांग्रेसका सांसद र जनता समाजवादीका २ जना सांसद रोष्टम तर्फ नाराबाजी लगाउँदै अघि बढे । नाराबाजी पछि २ बजेसम्मका लागि बैठक स्थगित भयो । मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसका विपक्षी दलका नेता कनौडियासँग बैठक सुचारु गर्ने वातावरण बनाउन आग्रह गर्दै लामै छलफल गरे । तर सहमती निस्केन । त्यसपछि सुरुभएको बैठकमा पनि काँग्रेस र जनता समाजवादीका केहि सांसदले नाराबाजी थाले । सभामुखले सांसदहरुको विरोधको सम्मान गर्दै संसदलाई अनिर्णयको बन्दी बनाउन आग्रह गर्दै संसद चल्न वातावरण बनाउन आग्रह गरे । विरोधका बाबजुद जरुरी सार्वजनिक महत्वका बिषयमा नाम टिपाएका जसपाका सासद सन्तोष पाण्डेलाई बोल्न भनियो । तर, विरोध थामिएन । राजधानी प्रस्ताव खारेजीको माग गर्दै सांसदहरु नाराबाजीमा उत्रिए ।

       विरोधकै बाबजुद सभामुखले आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई स्थायी राजधानी र प्रदेशको नामाकरण गरियोस भन्ने प्रस्ताव उपर छलफलका लागि प्रस्ताव सभामा पेश गर्न अनुमती दिए । चर्को नाराबाजीकै बिच छलिदै मन्त्री अगाडि बढे ।  रोष्टममा पुगेर सम्बोधन गर्न सुर गर्दा समेत सांसदहरुको बिरोध र नाराबाजी नरोकिएपछि कानुन मन्त्री केशीले बिरोधमा उत्रने सांसदलाइ घिसारेर बाहिर निकाल्न मर्यादा पालकलाइ निर्देशन दिए ।

               नेकपाको हवीप

नेकपाले आफना सांसदहरुलाइ हवीप लगाएपछि प्रस्तावका पक्षमा दुइ तिहाइ मत पुग्ने निश्चित जस्तै देखिएको छ । कुल ८७ सांसद मध्ये ६१ जना नेकपाका छन । सभामुख बाहेकले मत दिन पाउछन । काँग्रेसका १९, राजपा समाजबादीका ६ र राजमोका १ जना छन । अन्य दलका पनि राप्ती र भेरीका सभासदले दाङलाइ नै मत दिने सम्भावना पनि त्यतीकै बलियो छ ।