प्रदेश १ मा कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । प्रदेश १ मा मंगलबार बिहान मात्रै कोरोना संक्रमित तीन जना पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कजेलमा दुई र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

मोरङको कानेपाखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको मंगलबार बिहान ३ बजेतिर मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अस्पताल भर्नापछि गरेको स्वाब पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखेर उपचार थालेका थियौं । उनको उपचारका क्रममा मृत्यु भयो । मृतक पुरुष पाँच वर्षदेखि ब्लड क्यान्सरको बिरामी रहेका थिए ।

त्यसैगरी, मोरङकै रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर मृत्युुभएको अस्पतालले जनाएको छ । छ दिनअघि कोरोना पुष्टि भएका पुरुषको पनि मंगलबार बिहान २ः३० बजेतिर उपचारका क्रममा मृत्युु भएको हो । मधुमेहको पुरानै समस्या रहेका पुरुषमा ज्वरो, निमोनिया र टाइफाइटको समस्या थपिएको थियो ।

      सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको मंगलबार बिहान ४ः२० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।यससँगै प्रदेश १ मा हालसम्म २३ महिला र ६१ पुरुष गरी ८४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।