खोटाङका स्थानीय तहमा नेकपाको नेतृत्व टुंगियो

खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङले पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्जको बाँडफाँड टुंगो लगाएको छ । केन्द्रमा तत्कालिन एमाले र माओबादी केन्द्रको एकीकरण भएको झण्डै दुई वर्षपछि जिल्लामा नेकपाले १० पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको हो । पालिकास्तरीय कमिटिको अध्यक्ष र सचिवको टुंगो लगाएको केही समयपछि नेकपाको असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउनेक्रममा पालिका कमिटिको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको जनाएको छ ।
मंगलबार बिहान नेकपाले पुष्पलाल स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार बिभाग प्रमुख जीवन राई (संगीन)ले ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपीलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज, साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको जानकारी दिए । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्च बिश्वकर्माले इन्चार्ज र इन्द्र दंगालले सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा देबी रेग्मीले इन्चार्ज र बिरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुंगेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सिताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निसाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको भूमीका पाएका छन् । नेकपाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्रीय समन्वय कमिटि क्षेत्र नम्बर २ को प्रमुखमा दिपक पाण्डे आकाशलाई जिम्मेवारी तोकेको छ ।
१८ बिभागको जिम्मेवार बाँडफाँड
नेकपाले १८ वटा बिभागको जिम्मेवार पनि बाँडफाँड गरेको छ । संगठन बिभागको प्रमुखमा रामप्रसाद दंगाल, उप–प्रमुखमा दिपक पाण्डे र सचिवमा जलसेर राई चयन भएका छन् । स्थानीय तह तथा परिचालन बिभागको प्रमुखमा देवबिक्रम राई, उप–प्रमुखमा लिला श्रेष्ठ र सचिवमा रमेश तिवारी, पार्टी स्कुल बिभागको प्रमुखमा बिनोद आचार्य, उप–प्रमुखमा प्रकाश चौंलागाई र सचिवमा बिष्णु राई, आर्थिक व्यवस्थापन बिभागको प्रमुखमा उपिनकुमार राई, उप–प्रमुखमा जयप्रकाश राई र सचिवमा राजन आचार्य चयन भएका छन् ।
यस्तै, उदिम किराती मुक्ती प्रमुख रहेको अनुशासन, न्याय, कानून तथा मानव अधिकार बिभाग, जलसेर राई प्रमुख रहेको युवा तथा खेलकुद, सनमान खड्का प्रमुख रहेको उद्योग तथा बाणिज्य विभाग, दिपनारायण रिजाल प्रमुख रहेको पुस्तकालय तथा अभिलेख विभाग, दिलचक्र राई प्रमुख रहेको सामाजिक सुरक्षा तथा विपद व्यवस्थापन बिभाग, नरेशराज राई प्रमुख रहेको भौतिक पुर्वाधार तथा पर्यटन÷अनुगमन बिभाग, गणेश कोईराला प्रमुख रहेको कृषि वन तथा जलश्रोत बिभाग, जेनी राई प्रमुख रहेको निर्वाचन बिभाग, जीवन राई संगीन प्रमुख रहेको प्रचार तथा प्रकाशन बिभाग, कल्पना चाम्लिङ सोनिया प्रमुख रहेको साहित्य कला तथा संस्कृति बिभाग, चईन्द्र राई प्रमुख रहेको सहकारी तथा गैसस विभाग, अर्जुन खड्का झंकार प्रमुख रहेको शिक्षा तथा स्वास्थ्य विभाग, मनकुमारी रसाइली रश्मी प्रमुख रहेको उपभोक्ता हित, जनसम्पर्क विभाग र पुन्यबहादुर मगर हिरण्य प्रमुख रहेको श्रम, रोजगार तथा गरिबि निवारण विभाग गठन गरिएको नेकपाले जनाएको छ ।
यस्तै, गीतामायाँ राईलाई महिला, लिला निरौलालाई मजदुर, मनिषा राईलाई इन्जिनियरिङ, बिणादेबी राईलाई जनसंस्कृति र सम्बर भुजेललाई आदिवासी जनजाती तथा सिमान्तकृतको फाँटको जिम्मेवारी दिइएको छ । नेकपाले ५ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटि सदस्य थप गरेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्