दुघर्टनामा वडाध्यक्षसहित पाँचजनाको मृत्यु

दुघर्टनामा वडाध्यक्षसहित पाँचजनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाजरकोट । सदरमुकाम खलंगादेखि जुनीचाँदेस्थित काफ्लाचौर जाँदै गरेको गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । भे१ज९३५ नम्बरको गाडी जुनीचाँदे–१, औवलखोलामा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

जुनीचाँदे गाउँपालिका–११, का वडाध्यक्ष अम्मरबहादुर शाही, सोही वडाका कीर्तिबहादुर शाही, खेमबहादुर शाही, जुनीचाँदे–५, मटेलाकी मालिका बस्नेत र सोही वडाका कृष्णबहादुर शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार गाडी सडकभन्दा करिब पाँच÷६ सय मिटरमुनि खसेको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीका अनुसार दुईजना वेपत्ता छन् भने एकजना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै छ ।