उद्योगका कर्मचारीको लडेर मृत्यु

उद्योगका कर्मचारीको लडेर मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङको बुढीगंगा–१ मा रहेको आरती स्ट्रिप्स उद्योगका इलेक्ट्रिसियन कर्मचारीको बुधबार खसेर मृत्यु भएको छ । विराटनगर–८ मधुमाराका ४० वर्षीय अशोक चौधरीको क्रेन मर्मतका क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उद्योगका इलेक्ट्रिसियन चौधरी क्रेनमाथि चढेर विद्युत्को प्रयोग गर्दै क्रेन मर्मत गरिरहेका समयमा खसेर बिहान ११ः४५ बजेतिर गम्भीर घाइते भएका थिए । माथिबाट खस्दा टाउकोमा गहिरो चोट लागेका चौधरीको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरू गरेको र मृतक चौधरीको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।