बुटवलमा २ जना संक्रमितको मृत्यु

बुटवलमा २ जना संक्रमितको  मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा  उपचारत दुइ जना कोरोना संक्रमितको  मृत्यु भएको छ ।  बुटवलकी एक महिलाको आज बिहान र नवलपरासीका एक जना पुरुषको गएराती मृत्यु हो ।

बुटवल उपमहानगरपालिका ९की ५५ बर्षे महिला र नवलपरासीको सुनवल ५ का ७६ बर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा बिष्णु गौतमले बताए । असोज १७ गत संक्रमण पुष्टि भएपछि  लुम्बिनी  प्रादेशिक अस्पतालमा भर्ना गरिएकी महिलालाई  सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएको थियो । नवलपरासीका पुरुषमा दम,उच्च रक्तचापको समस्या रहेका उनलाइपनि ज्वरो र सुख्खा खोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।  रुपन्देहीमा अहिले सम्म कोरोना संक्रमणबाट ३१  जनाको मृत्यु भइसकेको छ ।