लुम्बिनी नामाकरणमा मगरसंघको असहमति, मगरात लुम्बिनी राख्न माग

रूपन्देही । लुम्बिनी प्रदेश नामाकरण गरिएकोमा मगर सम्बन्ध संघसंस्थाले विरोध गरेका छन । प्रदेशमा ४९ लाख जनसंख्यामध्ये ८ लाखको हाराहारीमा जनसख्या रहेको मगर समुदायको पहिचानलाई नामेट पारेर धार्मिक आधारमा मात्रै लुम्बिनी नामाकरण गरेको भन्दै विरोध गरेका हुन । नेपाल मगर संघ, मराग संयुक्त संघर्ष समितिले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरि लुम्बिनीसँगै मानव पहिचान र सभ्यताको आधारमा मगरात लुम्बिनी प्रदेश नामाकरण गर्न माग गरेको छ ।
संघियताको मर्म र भावना अनुसार मगराँत भूमिमा पहिचान सहितको नामाकरण दिनुपर्ने संघको अडान छ । नेपालको विभिन्न आन्दोलनमा मगर समुदायले खेलेको भूमिका, राण शासन विरुद्धको आन्दोलन तथा ६२÷६३ को जनआन्दोलन, मधेश आन्दोलनबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार नगर्न भनेको छ ।
संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले मगराँत कुनै जाती विशेषको मात्रै नभई यस नामले भूगोल र पहिचान दुवैको प्रतिनधित्वलाई आत्मसाथ गर्ने बताए । उनले मगरहरुको बाहुल्य भूमिलाई तीन प्रदेशमा विभाजन गरि कमजोर बनाइएको बताउँदै लुम्बिनी प्रदेशमा नामाकरणले पुन आन्दोलित बनाएको बताए । पत्रकार सम्मेलनमा मरागत संयुक्त सघर्ष समितिका संयोजक बोम दर्लामी मगरले आफूहरुको न्यायोचित माग पूरा नभए नयाँ शिराबाट एकिकृत मगरात स्वायत्त प्रदशे निर्माणका लागि आन्दोलन गर्ने बताए ।
नेपाल मगर संघ, मगरात संयुक्त संघर्ष समिति, संयुक्त मगर मञ्च नेपालले विभिन्न समयमा मुख्यमन्त्री, सभामुख, मन्त्री तथा सांसद र राजनितिक पार्टीहरुलाई मगरात प्रदेश नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । प्रदेश ५ को दुई तिहाई मतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ तोकेको छ ।

प्रतिकृया दिनुहोस्