मारेको चित्तलसहित बाँकेमा दुई जना पक्राउ

मारेको चित्तलसहित बाँकेमा दुई जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके । मारेको चित्तलसहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का २३ बर्षिय सामेल रोका र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी २८ बर्षिय अन्जन हमाललाई रंगेहात पक्राउ गरेको हो ।

राप्ती सोनारी गाउँपालिका– ६ फत्तेपुरबाट नेपालगन्जतर्फ बोरामा राखेर ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका– ४ राप्तीनदी पुलबाट पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका– ६ कुण्डाचोकमा जंगली जनावर (चित्तल) मारेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले  भे ८ प ५४६५ नम्बरको मोटरसाईकलमा बोकेर ल्याएको चित्तल फेला पारिएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक ओम रानाले जानकारी दिए ।

अभियुक्तलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको सजाय हुने प्रहरीले जनाएको छ । उक्त ऐन अनुसार १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको छ ।