कटुवा पेस्तोल बोक्ने बृद्धसहित दुई पक्राउ

कटुवा पेस्तोल बोक्ने बृद्धसहित दुई पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके । कटुवा पेस्तोल बाँकेको नरैनापुरबाट २ जना पक्राउ गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका– २० मनिकापुरका ६२ बर्षिय सलिम नाँउ र वडा नम्बर १९ बासुदेबपुर निवासी ३३ बर्षिय ईब्राहिम बेहना पक्राउ परेका हुन् । नरैनापुर गाउँपालिका– ५ सर्बराजपुरुवास्थित हुलाकी सडक खण्डमा हातहतियारको ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल २ र सलिम नाउँले लगाएको स्टकोटको बाँया खल्तीमा रहेको कटुवा पेस्तोलमा लाग्ने गोली ५ राउण्ड फेला पारिएको प्रहरीले जनाएको छ । दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, एसपी ओम रानाले जानकारी दिए । अभियुक्त दुबैलाई मुलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ५ दफा १३२ बमोजिमको ५ बर्षसम्म कैद र ५० हजार रुपैयाँ सम्म जरिवाना हुन सक्ने उनले बताए ।