सिद्धिचरण लोकमार्गमा दुर्घटना हुँदा २ को मृत्यु

उदयपुर । सिराहाको र्मिचया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा बुधबार साँझ भएको कन्टेटर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । लोकमार्ग अन्तरगत कटारी नगरपालिका– ८ सिरिसेको सानो दमारमा ना ५ ख ९४२४ नं. को कन्टेनर दुर्घटनामा परी सडकबाट करिव ५ सय मिटर तल खसेको छ ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार दुर्घटनामा मिन राना मगर र राकेशकुमार यादवको मृत्यु भएको छ । सडकदेखि धेरै तल खसेको हुनाले मृतकहरुको शव ढुंगाले थिचिएको अवस्थामा फेदा परेको इप्रका कटारीका डिएसपी हेमन्त भण्डारीले बताए ।
दुर्घटनामा योगेन्द्र दाहाल र विजय भुजेल गम्भीर घाइते भएका छन् । उनीहरुको उद्धार गरी उपचारार्थ बिराटनगर रेफर गरिएको छ ।

प्रतिकृया दिनुहोस्