विराटनगर र धरानका संक्रमित दुईको मृत्यु

विराटनगर र धरानका संक्रमित दुईको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । कोरोना भाइरस संक्रमित विराटनगरका एक वृद्ध र धरानका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ । विराटनगरका संक्रमित वृद्धको होम आइसोलेसनमै र धरानका युवकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

 ८२ वर्षीय विराटनगर–५ का वृद्धको बिहान ६ः३० बजेतिर घरमै मृत्यु भएको महानगरले जनाएको छ । ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएका वृद्धको असोज १७ गते स्वाब पिसिआर परीक्षणका लागि पठाइएको र १९ गते पोजेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ रिपोर्ट आएसँगै होम आइसोलेसनमै राखिएका वृद्धको बुधबार रातिबाट स्वास्थ्यमा थप समस्या देखिएको थियो ।

त्यसैगरी धरान–१० का ३९ वर्षीय पुरुषको बिहीबार बिहान ४ः३० बजेतिर उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको हो ।

मृतक पुरुषलाई असोज १२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि १३ गते प्रष्ठिानमा भर्ना गरी उपचार थालेको र यसैक्रममा बिहीबार उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । 

यससँगै प्रदेश १ मा हालसम्म २३ महिला र ६६ पुरुष गरी  ८९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।