June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

संक्रमण बढेपछि धरान उपमहानगरपालिका बन्द

संक्रमण बढेपछि धरान उपमहानगरपालिका बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । कर्मचारी र जनप्रतिनिधिहरु धमाधम कोरोना संक्रमित हुन थालेपछि धरान उपमहानगरपालिका र सबै वडा कार्यालयहरु एक सातालाई बन्द गरिएको  छ ।

बुधबार सर्वपक्षीय तथा सर्वदलीय बैठकबाट आएको सुझाव अनुसार महागनरपालिकाले बिहिबारदेखि एक सातालाई वडा कार्यालयसहित उपहानगरपालिका पनि बन्द गर्ने निर्णय गरेको हो । असोज २८ गतेसम्म आकस्मिक सेवाबाहेकका सेवाहरु उपमहागनरपालिका र वडा कार्यालयमा बन्द गरिने प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।

धरानमा दिन प्रतिदिन समुदायमा कोरोना संक्रमण बढीरहेको छ । अहिलेसम्म ८ सय हाराहारीमा संक्रमित संख्या पुग्दा उपमहानगरपालिका, वडा कार्यालयका कर्मचारीहरु पनि संक्रमणको चपेटामा परेका छन् । यस्तै, वडाका जनप्रतिनिधिहरु पनि संक्रमित भइरहका छन् । मंगलबार मात्र वडा नं ७ र १५ का अध्यक्ष पनि कोरोना पोजेटिभ देखिएको छ । जनप्रतिनिधि र कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि यसअघि नै धरानको वडा नं १६, १५, १४, ८, ३ र १२ को कार्यालय बन्द गरिएको थियो । साथै, कर्मचारीहरु आइसोलेसन र क्वारेन्टिनमा बसेपछि उपमहागनरपालिका कार्यालयको पनि विभिन्न शाखाहरु सुनसान बनेको थियो ।