लागु औषध र गाँजासहित २ जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जमहानगर क्षेत्रबाट लागु औषधसहित एक युवालाई र ग्रामिण भेगबाट सावा क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
गएराति साढे १२ बजेको समयमा पटेर्वा सुगौली–५ देउरियाबाट घरमा लुकाई छिपाई राखेको अवस्थामा १३१ किलो गाँजा सहित ४० बर्षिय राज ओझैयालाई पक्राउ गरेको हो । ओझैयालाई हिरासतमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बुधवार वीरगन्ज १७ अलौंबाट प्रहरीले मकवानपुरको हेटौडा महानगरपालिका –३ घर भएका २० बर्षिय अशोक थापालाई पक्राउ गरेको छ । थापाले प्रदेश ३–०३–००१–६५०९० नम्बरको मोटरसाइकलमा रोरेक्स सिरप ४६ वटा बोतल र पाँच पता नाईट्रोभेट ट्याब्लेट ल्यउदै गरेका थिए ।

प्रतिकृया दिनुहोस्