ब्राउन सुगरसहित युवा पक्राउ

ब्राउन सुगरसहित युवा पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । सुनसरीको इटहरीबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जना युवालाई पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

इटहरी–५ जनता बस्तीका २३ वर्षीय प्रवीण राईलाई लागुऔषधसहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कविन्द्र कार्कीले जानकारी दिए । प्रदेशको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले इटहरी–४ आइतबारबाट ४१ ग्राम ब्राउन सुगरसहित राईलाई पक्राउ गरेको डिएसपी कार्कीले बताए ।

प्रहरीले राईको साथबाट १५ ग्राम ४० मिलिग्राम र थप अनुसन्धानका क्रममा उनले घरमा लुकाएर राखेको २५ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद भएको जनाएको छ । थप अनुसन्धान र  कारबाहीका लागि बुधबार राति ब्यूरोको टोलीले पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको डिएसपी कार्कीले बताए ।