सहिदभुमिमा कोभिड १९ प्रभावित कृषकलाई एक करोडको राहत

धनकुटा । सहिदभूमि गाँउपालिका धनकुटामा कोभिड १९ प्रभावित कृषकहरुलाई प्रोत्साहान स्वरुप एक करोड बराबरको राहत वितरण कार्यक्रम सुरुभएको छ । स्वीस बैंकको आर्थिक सहयोग तथा कारितास नेपाल र पर्डेप नेपाल धनकुटाको जिविकोपार्जन सुधार कार्यक्रम अन्तरगत एक करोड बराबरको राहत कार्यक्रम सुरु भएको हो ।
राहत कार्यक्रम अन्तरगत गाँउपालिकाको १८ सय १४ घर धुरी कृषकलाई कृषिजन्य विउ बिजन तथा कृषि सामाग्रि वितरण गर्न लागेको सहिदभूमी गाँउपालिकाका अध्यक्ष मनोज राईले बताए । कारितास नेपालका कार्यक्रम संयोजक इन्द्र विकले कार्यक्रममा कृषकहरुलाई टमाटर , काउली बन्द ,सिमि , प्याज ,रायोेसाग लगायत तरकारी बालीको विउ तथा मल वितरण गर्ने जानकारी दिएका छन् । यो कार्यक्रम अन्र्तगत कृषि प्रशिक्षण, कृषि मेसिनहरु हजारी स्प्रे लागाएतको समाग्री पनि वितरण गर्ने योजना रहेको छ । हरेक वडा कार्यालयमा र विद्यालयमा एक हजार लिटरको ट्याङ्की वितरण गरिने भएको छ । यी सामग्री खरिद गर्न टेन्डर भइसकेको पर्डेप नेपालका कार्यक्रम संयोजक मीन सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस्