बलात्कार गरेर फरार अन्सारी पक्राउ

बलात्कार गरेर फरार अन्सारी पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । सुनसरीको इटहरीबाट प्रहरीले बलात्कार गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । मोरङको सन्दुरहरैँचामा एक महिलालाई बलात्कार गरी आठ महिनादेखि फरार रहेको प्रहरीले जनाएको छ ।  

इटहरी–१ हलगडाका ३५ वर्षीय निरज शर्मा भनिने नजाम अन्सारी प्रहरीले आठ महिनापछि बिहीबार उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बलात्कार गरी आठ महिनादेखि फरार रहेका अन्सारीलाई घर आएको मौकामा पक्राउ गरिएको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । २०७६ माघ ११ गते सुन्दरहरैँचा–१० स्थित पिनाकी होटलमा २६ वर्षीया महिलालाई अन्सारीले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले घटना लगत्तै अन्सारीविरुद्ध बेलबारी प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । पक्राउ परेका अन्सारीले महिलालाई जागिर दिलाइ दिने भन्दै प्रलोभन देखाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिइएको प्रहरीले जनाएको छ । जाहेरी दिए पनि फरार भएका कारण अन्सारीलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

प्रहरीकाअनुसार अन्सारीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थपी घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।