सुत्केरीलाई गाउँपालिकाको सहयोग

सुत्केरीलाई गाउँपालिकाको सहयोग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–३ ताङखुवाका २२ जना सुत्केरी महिलाहरुलाई सुत्केरी पोषण सामाग्री वितरण गरिएको छ । गाउँपालिकाकी उपाध्यक्षसँग सुत्केरी पोषण कार्यक्रम अन्र्तगत स्वास्थ्य सँस्थामा सुत्केरी भएका महिलाहरुलाई एक केजी घ्यू, एक क्यारेट अण्डा, २ केजी आयोडिनयुक्त नुन, एउटा वच्चाको झुल र ५ प्याकेट सेनिटाईजर लगायतका सामाग्री वितरण गरिएको हो । ताङ्खुवा स्वास्थ्य चौकीमा सञ्चालित एक कार्यक्रमको वीच उनिहरुलाई ती सामाग्री वितरण गरिएको हो । छथरजोरपाटी गाउँपालिका ३ का कार्यबाहक वडाध्यक्ष ताराबहादुर कार्कीको प्रमुख आतिथ्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण लिम्वुको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कार्यक्रमको ती सामग्री वितरण गरिएको थियो । सोही क्रममा  परेवादिन स्वास्थ्य चौकीमा ८ जना सुत्केरी महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको बताईएको छ ।