May 15, 2021, Saturday
२०७८ जेष्ठ १, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

नेकपा खोटाङले महिला हिंसा तथा छुवाछुत गर्नेलाई उम्मेदवार बन्न नदिने

नेकपा खोटाङले  महिला हिंसा तथा छुवाछुत गर्नेलाई उम्मेदवार बन्न नदिने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाईका साथ कारबाही गर्ने जनाएको छ ।

                जिल्लाका दलित समुदायले सुरु गरेको संघर्षमा ऐक्यवद्धता जनाउँदै नेकपाले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए पार्टीबाट निष्कासन गर्ने र जनप्रनिधिको उम्मेदवार बन्न समेत बन्देज गर्ने निर्णय गरिएको नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले जानकारी दिए ।

बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ बर्गको अपांगता भएका व्यक्ती, भूपु इन्डियन र ब्रिटिस आर्मीको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गर्ने, कोरोनाको संक्रमण रोकथामका लागि जनचेतनामुलक अभियान चलाउने, वडा–वडामा ‘एक कमिटि, एक उत्पादन’को अभ्यास गर्ने, जनचासोका कामलाई प्राथमिकता दिएर श्रमदानमा सरिक हुने, राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि सन्देश प्रवाह गर्ने लगायतका निर्णय गरेको जनाएको छ ।