बुटवलको कोरोना अस्पतालमा २ को मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत थप दुइ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल १० का ७९ बर्षीय एक पुरुषको आज बिहान उपचारकै क्रममा मृत्यु भएको हो । अशोज १० गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरीएका ती पुरुषलाइ १३ दिन सम्म भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उनलाइ मिर्गौला र निमुनीयाको समस्या देखिएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए ।
रुपन्देहीको सुद्धोधन गाँउपालिका ६ का ५७ बर्षीय पुरुषको उपचारकै क्रममा हिजो साँझ मृत्यु भएको हो । उनी अशोज १९ गते कोरोना पोजेटिभ देखिएपछि बुटलको कारोना अस्पतालमा भर्ना भएका थिए । क्षयरोगको समेत समस्या रहेको उनलाइ दुइदिन देखि भेन्टिलेटरको सहायतामा उपचार गरीएको अस्पतालका सुचना अधिकृत डा बिष्णु गौतमले बताए ।

प्रतिकृया दिनुहोस्