दुई लाख नगदसहित ६ जना जुवाडे पक्राउ

दुई लाख नगदसहित ६ जना जुवाडे पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । मोरङको बेलाबारी नगरपालिका–४ स्थित गर्जुराम टोजको एक घरबाट प्रहरीले शुक्रबार साँझ ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बेलाबारी–४ का अशोकर राईको घरमा जुवा खेलिरहेको अवस्था नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । ‘अशोक राईको घरमा जुवा खेलाउँदै आएको भन्ने सूचना प्राप्त गरेपछि त्यहाँ छापा मारेका हौं, एसपी खड्काले भने, ‘जुवा खेलिरहेको अवस्थामा ६ जनालाई र खालबाट२ लाख ५३ हजार २ सय ३५ रुपैयाँका साथै सावरीसाधन बरामद गरेका छौं ।’

धनुषा, सुनसरी, झापा र मोरङका जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा अशोक राईको घरबाट१ सेट कौडा, ३ बुक तास, नगद २ लाख ५३ हजार २ सय ३५ रुपैयाँका साथै को २ च २८१९ नम्बर स्कोरपिओ, अनटेस्ट बुलेट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘जुवा खालबाट पक्राउ पर्नेमा राजनैतिकर्मी, सामाजिक अगुवालगायतका व्यक्ति रहेका छन्,’ एसपी खड्काले भने, ‘चाडपर्वमा अन्य समयको भन्दा बढी जुवा, ताजजन्य खेल बढी खेल्ने र खेलाउने हुँदा हामी त्यसतर्फ विशेष ध्यान दिएका छौं । पर्वका समयमा हुनसक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न विशेष योजनासहित प्रहरी अघि बढेको छ ।

बेलबारी–११ का ५६ वर्षीय सुजय गौतम र ५२ वर्षीय चन्द्र लिम्बू, बेलबारी–३ का ४० वर्षीय रित गुरुङ, धनुषाको चारनाथ गणेशमान–८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल, झापा दमक–५ का ३२ वर्षीय धर्मेन्द्र राई, सुनसरी इटहरी–१ का ४७ वर्षीय प्रदीप तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध जुवा ऐनअन्तर्गत कारबाही अघि बढाउन अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।