सरकारले राष्ट्रिय खेलकुद परिषदमा ११ जना सदस्य नियुक्त

सरकारले राष्ट्रिय खेलकुद परिषदमा ११ जना सदस्य नियुक्त
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा  ११ जनालाई नियुक्त गरेको राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सदस्यलाई मनोनित गरेपछि कुल ११ सदस्य मनोनित भएका छन्

सदस्य सचिव र उपाध्यक्ष नियुक्त दुई महिना भन्दा लामो समयपछि सदस्य नियुक्त भएका हुन् । यसअघि ६ जनालाई युवा तथा खेलकुद मन्त्री गरेको जगतबहादुर विश्वकर्माले मनोनित गरेका थिए । सोमबार बसेको मैत्रीपरिषद् बैठकले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्कासहित मानदेव हजारा, राजेश गुरुङ, पुरेन्द्र लाखे, मोहम्मद शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रा बन्दना राई र सुमित्रा चौधरीलाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ । गुरुङ र कुँवर यसअघि पनि राखेप सदस्यमा रहेका थिए ।

राखेपका दर्ता राष्ट्रिय संघहरुको सिफारिसमा मनोननित गर्न पाउने व्यवस्था अनुसार मन्त्री विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरिसकेका छन् । संघहरुको सिफारिसमा जम्मा ५ जना अध्यक्षले गर्न पाउने मनोनयनमा महिला कोटाबाट बाँकी २ जनाको नियुक्त गरिएको मन्त्रीका स्वकिय सचिव भरत गुरुङले जानकारी दिए । ३७ सदस्य बोर्डमा अन्य सदस्य भने पदेन रहने व्यवस्था छ ।