महिमा चौधरीकी प्रेमीले उडाए संजय दत्तकी श्रीमती

महिमा चौधरीकी प्रेमीले उडाए संजय दत्तकी श्रीमती
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । । १३ सेप्टेम्बर १९७३ का दार्जिलिंगमा जन्मेकी महिमा चौधरीको वास्तविक नाम रितु चौधरी हो। यसै बर्ष ४७ औँ जन्मदिन मनाएकी महिमाले सन् १९९७ मा रिलीज भएको फिल्म ‘परदेश’ बाट  बलिउड डेब्यू गरिन।

बलिउडमा थोरै समयमा चर्चा पाउने अभिनेत्रीको नाममा महिमा चौधरीको नाम आउछ । जो पहिलो फिल्मबाटै रातारात सफल भइन्  । महिमाको अफयरको बारेमा पनि धेरै चर्चा हुने गरेको छ । महिमाको नाम भारतीय टेनिस खेलाडी लिएन्डर पेससँग जोडिएको थियो । उनी पेससँग करीव ५  बर्ष सम्बन्धमा थिइन तर यो सम्बन्ध अगाडि बढ्न सकेन र दुवै छुट्टिए।

२००५ मा, लिएन्डर र महिमा एक अर्को डेट गर्दै थिए। यसैबीच, संजय दत्तको दोस्रो पत्नी रिया पिल्लईसँग लिएन्डरको घनिष्ठता बढ्दै थियो। महिमासँग ब्रेकअपपछि लिएन्डरले रियासँग विवाह गरे । पछि उनीहरूको पनि सम्बन्ध विच्छेद भयो।

सन् २००६ मा, महिमा चौधरीको विवाहको अचानक खबर आयो। सो समय गर्भावस्थाको कारण, महिमाले हतारमा विवाह गरिन् भन्ने हल्ला चलेको थियो । उनले आर्किटेक्ट र व्यापारी बोबी मुखर्जीसँग विवाह गरिन्। महिमा र बबीको विवाह लामो समयसम्म टिकेन ।  २०१३ देखि उनी आफ्नो पतिबाट अलग बस्न थालिन्।

चलचित्र छोडेपछि महिमा चौधरीले रियलिटी टिभी कार्यक्रम गर्न थालिन्। एक अन्तर्वार्तामा, उनले यसलाई आफ्नो करियरको अन्त्य भएको बताइन् ।