गोरखा र पालुङटार नगरपालिका बन्द

गोरखा र पालुङटार नगरपालिका बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गोरखा । गोरखा नगरपालिकाका र पालुङटार नगरपालिकाले एक साताका लागि सेवा बन्द गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर ६ का एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । वडा कार्यालयहरुको पनि सेवा बन्द गरिएको छ । ‘धेरै जना सँग घुलमिल भएकाले कन्ट्याक्ट ट्रेसिङका लागि सहज होस भनेर सेवा बन्द गरेका हौँ’ उनले भने ‘सेवा लिन आउनेहरुलाई पनि खतरा हुने डर भयो ।’

पालुङटार नगरपालिका वडा नम्बर ५ र ८ का कर्मचारीमा कोरोना संक्रमण भएपछि सेवा बन्द गरिएको  प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माले बताए । नगर कार्यपालिकाको आईतवारको बैठकले  सबै वडामा कात्तिक १ गते सम्म सेवा बन्द गर्ने र पालिका भित्रका विद्यालय मङ्सिर ६ गते सम्म नखुल्ने निणर्य गरिएको छ ।