May 13, 2022, Friday
२०७९ बैशाख ३१, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

अरिंगालको टोकाईबाट एकको मृत्यु

अरिंगालको टोकाईबाट एकको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

खोटाङ । अरिंगालको टोकाईबाट खोटाङमा एकको मृत्यु भएको छ । बिच्किएको अरिंगालको टोकाईबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिं राईको मृत्यु भएको हो । शनिबार अरिंगालले टोकेका राईको आईतबार उपचारकोक्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोबिन्द शाहले बताए ।

राईलाई घाँस काट्न गएको अवस्थामा बिच्किएको अरिंगालले शरीरका विभिन्न ठाउँमा टोकेको थियो । घाँस काट्न गएका आफन्तले उनलाई अरिंगालले टोकेर गम्भीर घाईते बनाएको अवस्थामा जंगलमा फेला पारेका थिए । उनी घाँस काट्न एक्लै खोलामा पुगेका थिए । उपचारका लागि आइतबार बिहान अस्पताल पु¥याएको केही समयपछि नै पातलसिंको मृत्यु भएको आफन्त एबं पुर्वसभाषद दुर्गाजयन्ती राईले बताईन् ।