प्रदेश १ मा चार सय ९ जना संक्रमित थपिए

प्रदेश १ मा चार सय ९ जना संक्रमित थपिए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ । कोरोना भाइरस संक्रमित प्रदेश १ मा आइतबार ४ सय ९ जना थपिएका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशको मोरङमा २ सय ३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्बुमा २–२, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १ सय २२ पुरुष छन् । मोरङको सुन्दरहरैँचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरीशनिश्चरे र धनपालथानमा २–२, कटहरी र सुनबर्षीमा १–१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा ४८, दुहबीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३–३, कमलगाउँपालिकामा २, गौरादह, बाह्रदशी र झापा गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सूर्योदयमा १–१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दूधकोसी र स्थानीय तह नखुलेका १–१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।

प्रदेशमा २५ जना डिस्चार्ज भएका छन् । नोबेल मेडिकल कलेज विराटनगरबाट १८, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होमआइसोलेसनबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय १२ पुगेको छ । आइतबार प्रदेशमा १ हजार १ सय ४ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३२ महिला र २ सय ७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा हालसम्म १ लाख ३७ हजार  ५ सय १७ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।