रुपन्देहीमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट गएराती थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनै जना बुटवलका हुन । लुम्बिनी प्रादेसिक अस्पताल बुटवलका सुचना अधिकृत डा बिष्णु गौतमका अनुसार बुटवल ११ की ६१ बर्षे महिलाको उपचारका क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान २ बजे मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि अशोज २१ गते उनलाइ कोरोना अस्पतालको आइसीयुमा भर्ना गरीएको थियो ।ती महिलालाइ स्वासप्रश्वासको समस्या भएपनि अन्य दिर्घरोग नभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।
बुटवल १ का ७० बर्षे पुरुषको पनि गएराती कोरोना अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या देखिएका उनलाइ पनि आइसीयुमा राखेर उपचार भइरहेको थियो । असोज २२ गते संक्रमण पुष्टि भए लगत्तै स्वासप्रश्वास र निमुनीयाको समस्या देखिएका उनलाइ अस्पतालमा बेड अभाव भएकाले शनिबार मात्रै आइसीयुमा सारीएको थियो ।
बुटवल ११ का ८४ बर्षे पुरुषको उपचारकै लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको लुम्बिनी प्रादेसिक अस्पतालका सुचना अधिकृत डा गौतमले जानकारी दिए । डा गौतमका अनुसार बुटवल भैरहवाका कोरोना अस्पतालमा बेड खाली नभएपछि उनलाइ उपचारकैलागि दाङको बेलझुण्डि स्थिती कोरानो विशेष अस्पताल पठाइएको थियो । बुटवल छदै बिरामीको अवस्था जटिल भएको र उनलाइ तत्कालै आइसीयु र भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्ने देखिएपछि दाङ पठाइएको हो । तर कपिलबस्तुको धानखोला पुग्दा उनको मृत्यु भयो ।
यसअघि शनिबार तिलोत्तमा नगरपालिका ३ की ६६ बर्षे महिलाको पनि दाङको बेलझुण्डि स्थित कोरोना विशेष अस्पतालमा उपचारकै क्रममा मृत्यु भएकको थियो । बुटवल भैरहवामा आइसीयु बेड खाली नभएपछि ती महिलालाइ पनि शुक्रबार दाङ पठाइएको हो । ती महिलालाइ उच्चरक्तचाप र मधुमेहको समस्या थियो ।

प्रतिकृया दिनुहोस्