कोरोना संक्रमणबाट बाँकेमा दुईको मृत्यु

नेपालगन्ज, । कोरोना संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोक निवासी ८४ बर्षका पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा निवासी ७१ बर्षिया महिलाको मृत्यु भएको हो ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ८४ बर्षिय पुरुषको शनिबार राती ९ बजेर ५५ मिनेटमा र ७१ बर्षिया महिलाको राती १० बजे मृत्यु भएको जिल्ला कोडिभ–१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । यो सँगै बाँकेमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
८४ बर्षिय पुरुषलाई स्वास्थ्य समस्या आएपछि असोज ६ गते बागेश्वरी ल्याब कोहलपुरमा पिसिआर स्वाब संकलन गरिएको थियो । भोलीपल्ट उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि भेरी अस्पताल कोडिभ–१९ आइसोलेसन वार्डमा भर्ना गरी उनको रोगको प्रकृती अनुसार सबै उपचार गरेपनि मृत्यु भएको श्रेष्ठले बताए ।
यस्तै ७१ बर्षिया महिलाको स्वास्थ्यमा समस्या आएपछि असोज १४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पिसिआर स्वाब संकलन गरी जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि सोहीदिन साँझ भेरी अस्पताल नेपालगन्जको कोडिभ–१९ आइसोलेसन वार्डमा भर्ना गरिएको र उपचारको क्रममा गर्नुपर्ने सबै प्रकारका उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्