प्रदेश १ मा कोरोना संक्रमणबाट १०२ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् ।
प्रदेश १ स्थायी ठेगाना भएका ८७ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डाक्टर सरोज विशालले जानकारी दिए । प्रदेश १ को मोरङका ४५, सुनसरीका २९, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको छ मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्