कोरोनाबाट विवाहितभन्दा अविवाहित ब्यक्तिलाई दुई गुणा बढी जोखिम

कोरोनाबाट विवाहितभन्दा अविवाहित ब्यक्तिलाई दुई गुणा बढी जोखिम
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बारे गरिएको पछिल्लो अध्ययनले अविवाहित व्यक्तिमा तनाव थपिदिएको छ । स्विडेनको स्टकहोम विश्वविद्यालयले गरेको अध्ययनले कोभिड–१९ का कारण मृत्युको जोखिम विवाहित व्यक्तिमा भन्दा अविवाहित व्यक्तिहरूमा डेढदेखि दुईगुणासम्म बढी हुने गरेको खुलासा गरेको हो ।

स्टकहोम विश्वविद्यालयका अन्वेषकहरूले अविवाहित व्यक्तिहरुसहित कोरोना भाइरसका कारण हुने मृत्यु सम्भावना कम आय, कम शिक्षित र कम वा मध्यम आय भएका देशहरूमा बढी हुने निष्कर्ष पनि निकालेका छन । यस अध्ययन २० बर्ष वा सो भन्दा अधिक उमेरका व्यक्तिहरूलाई समावेश गरिएको जनाइएको छ । ‘जनरल नेचर कम्युनिकेसन’ मा प्रकाशित यस अध्ययनका लेखक स्वेन ड्रेफ्हलकाअनुसार कोभिड १९ बाट हुने मृत्युसँग धेरै ठूला तथ्यहरु जोडिएको छ ।

उक्त रिपोर्टअनुसार अविवाहित व्यक्तिहरूमा कोभिड १९ का कारण मृत्युको जोखिम विवाहित व्यक्तिमा भन्दा दुईगुणासम्म बढी हुने गरेको छ । यो सूचीमा अविवाहित, एकल महिला तथा पुरुष र सम्बन्ध विच्छेद भएका व्यक्तिहरू पनि रहेका छन । अविवाहित व्यक्तिले विवाहित जोडीभन्दा कम सुरक्षित वातावरण प्राप्त गर्दछ । त्यसकारण, विवाहित जोडीहरू अविवाहित मानिसहरु भन्दा कम बिरामी हुन्छन् र स्वस्थ जीवनको आनन्द लिन सक्दछन ।