धरानका २ जना संक्रमितको मृत्यु

धरानका २ जना संक्रमितको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । होम आइसोलेसनमा बसेका र कोभिड अस्पतालमा भर्ना गरिएका धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान वडा नं २ का ८९ बर्षीय वृद्धको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो भने धरान १५ का करिब ७० बर्षीय वृद्धको होम आइसोलेसनमा नै मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार धरान २ का वृद्धको हिजो राती ११ बजे मृत्यु भएको थियो । उनलाई असोज २३ गते कोभिड पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना गरिएको थियो । उनलाई दीर्घरोग हाइपरटेन्सन समस्या भएको डा.श्रेष्ठले जानकारी दिएका छन् ।

यस्तै, होम आइसोलेसनमा बसेका धरान १५ का वृद्धको आज बिहान घरमा नै मृत्यु भएको हो । वडा नं १५ का अध्यक्ष नरेश इवारमका अनुसार एक साताअघि वीपी प्रतिष्ठानमा पिसिआर परिक्षण गर्दा मृतकको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनी घरमा नै होम आइसोलेसनमा बसेका थिए । ‘आज बिहानै घरमा नै मृत्यु भएको जानकारी आयो, अहिले सेनाको टोलीले प्रोटोकल अनुसार शव लैजाने तयारीमा छ,’अध्यक्ष इवारमले भने ।