कोरोनाभाइरस विरुद्ध मास्कको प्रयोगः प्रभावकारिता र व्यवस्थापनमा चुनौती
कोभिड–१९ को महामारीपछि मास्कको प्रयोग हवात्तै बढेको छ । मास्कको प्रयोगका सन्दर्भमा कुरा गर्दा अठारौं शताब्दीमापहिले पटक अस्पतालहरुमा मास्कहरुको प्रयोग भएको पाइन्छ । त्यसपछि चिकित्सकहरुले अस्पतालमा खासगरी शल्यक्रियागर्दा सेतो र हल्का हरियो रङकामास्कहरुको प्रयोग गर्न थाले । आम रुपमाभने सन् १९१९ मामास्कको प्रयोग भएको हो । बि.बि.सिकाअनुसार जब सन् १९१९ मा ५ करोड मानिसको ज्यानलिने गरी स्पेनिस फ्लुको महामारी फैलियो । त्यसपछि यो फ्लुको संक्रमणबाट जोगिन पहिलो पटक आममानिसले मास्कको प्रयोग गर्न थाले । त्यससँगै मानिसहरुले भाइरसको संक्रमणबाट बच्नमास्कको प्रयोग गर्दै आए । साथ साथै वायु प्रदुषणबाट जोगनपनिमास्कको प्रयोग हुनथाल्यो । अहिले कोभिड–१९ को महामारीमाकोरोनाभाइरसबाट बच्न धेरै मानिसहरुले मास्कको प्रयोग गरिरहेका छन् । अहिले मास्कअपरिहार्य त बनेको छ नै, त्यस सँगै जीवन पद्धति समेत बन्नपुगेको छ । धेरैजसो भाइरसहरु हावाबाटै सर्ने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुकाअनुसार भाइरसले श्वासप्रश्वासमा आक्रमण गर्दा नाकमुख नै त्यसको श्रोत भएकाले मास्कले नाक,मुख छोप्ने र हातले नाक,मुख समाउन सक्ने हुँदामास्कको प्रयोग प्रभावकारी मानिदै आइएको छ । उद्यपिकोरोना संक्रमण महामारीका शुरुवातीदिनमामास्कको प्रयोगको विषयविवादरहितभने बन्न सकेन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कप्रयोगको वहिष्कारको नीतिलिए । तर त्यो नीतिमाउनीलामो समय अड्न सकेनन् । विश्वकाविकशित देशमामास्कप्रयोग सम्बन्धमावहसहरु चले । तर अन्ततःमास्कप्रयोगकर्ताहरु अघि बढे । यद्यपिकतिपयलामो समय मास्कलगाएर बसिरहनु चुनौती पूर्ण कार्यका रुपमा लिन्छन् । वहसगर्नेहरुको स्वर कमजोर भएपनि पुरै सेलाई सकेको भने छैन ।
दक्षिण एशियालीमूलुकमा हेर्ने हो भने मास्कप्रयोगमाखासै विवाद देखिदैन । कोरोना संक्रमण सँगै मास्कप्रयोग प्रायः सबैले गरेको पाइन्छ । नेपालका सन्दर्भमा हेर्ने हो भने शहरी क्षेत्रमामास्कको प्रयोग भएपनि ग्रामिण क्षेत्रमाकमप्रयोग भएको देखिन्छ । श्रोत साधनको उपलब्धता र अभावले ग्रामिण क्षेत्रमामास्कको प्रयोग कमभएको अनुमानलगाउन सकिन्छ । तथापिकतिपय स्थानमा कपडाबाट तयार गरी प्रयोग भईरहेको पाइन्छ । वास्तवमै भन्ने हो भने नेपालमामास्कको प्रयोग किन र कसरी गर्ने भन्ने बारेमानतजनमानसमायथेष्ट जानकारी नै छ नत यस विषयमानियमन र कार्यान्वयनगर्ने सरकारी निकाय नै स्पष्ट छ । एक हिसाबले यस सम्बन्धि सरकारी निकायअलमलमा नै छ । त्यस्तै मास्कहरुको स्वास्थ्य मापदण्ड,गुणस्तरीयताकाविषयमापनिखासै कसैले ध्यानदिएको पाइदैन । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे यस विषयमा सरकारले आवश्यकप्रोटोकलतयार गरी अनुगमनमाध्यानदिनुपर्ने आवश्यकता रहेको बताउँछन् । पव्लिक हेल्थ व्रिटेनका डा.जेक डनिङ भन्छन मस्कहरु प्रभावकारी हुनकालागितिनलाई सहि तरिकाले लगाउनु पर्छ । नियमित रुपमाबदलिरहनु पर्छ । सहि तरिकाले व्यवस्थापनगर्नु पर्छ । तर नेपालमाप्रयोग भईरहेको मास्कहरुको नत गुणस्तरीयताको मापनभएको पाइन्छ,नत लगाएपछि फ्याकिने मास्कको व्यवस्थापनमा नै ध्यानपुगेको छ । कसरी लगाउने ? कतिपटक सम्मप्रयोग गर्ने?प्रयोगपछि कसरी व्यवस्थापनगर्ने ?यी कुरा रामभरोसा मै निर्भर छन् ।
नेपालमा सामान्य कपडाबाट निर्मित,सर्जिकल र एन–९५ गरी तीनप्रकारकामास्कप्रयोगमा रहेको पाइन्छ । नेपालमाकतिमास्कउत्पादन हुन्छन्?कतिआयात हुन्छन?कतिखपत हुन्छन भन्ने यकिनतथ्याङ पाइदैन । अहिले अत्यावश्यकीय साधनबनेको मास्क कसरी प्रयोग गर्ने भन्नेमा सर्वसाधरणमा अन्योल कायमै छ । जनस्वास्थ्यविदहरु बजारमापाइने कपडाबाट बनाइएकामास्कहरु प्रयोग गर्न प्रोत्साहितगर्दैनन् । जनस्वास्थ्यविद पाण्डे पनि सर्वसाधरणलाई सर्जिकलमास्कप्रयोगमाजोड दिन्छन् । उनी सर्जिकलमास्क एक दिनमात्रलगाउनव्यवहारिक हुने बताउँछन् । एन–९५ जस्ता गुणस्तरीय मास्क सम्भावित संक्रमित र संक्रमतिको प्रत्यक्ष सम्पर्कमाआउँदालाभदायकहुने र प्रयोगकर्ताकालागि बढि भरपर्दो हुने बताइन्छ । यो मास्कप्रयोग गर्दा प्रयोगकर्ता संक्रमणबाट जोगिएपनिप्रयोगकर्ता संक्रमित रहेको अवस्थामाअरुलाई सार्न सक्ने जोखिम हुन्छ ।बजारमापाइने कपडाबाट बनेकामाक्समश्वास फेर्दा ओसिलो भएर अरु किटाणु त्यँही टाँसिने सम्भावनाहुँदात्यस्तामास्ककमप्रभावकारी हुने चिकित्सकहको धारणा छ । त्यस्तै श्वास फेर्दा सुख्खा रहने सर्जिकलमास्कउपयुक्तहुने बताइन्छ । सर्जिकलमास्कप्रयोगकर्ताबाट अन्यव्यक्तिमा संक्रमण नसर्ने हुँदा बढि प्रभावकारी भएको जनस्वास्थ्यविदहरु बताउँछन् । सर्जिकलमास्कप्रयोगकर्ताबाट अन्यमा संक्रमण सर्ने न्यून सम्भावना रहन्छ ।
मास्कप्रयोगमाध्याननदिदात्यसको प्रभावकारितापनिकमहुने देखिन्छ । मास्कलगाएर मात्र संक्रमणबाट जोगिने ठान्नु हुँदैन । त्यो लगाउँदा र फुकाल्दापनि सावधानीअपनाउनु पर्छ । सरसफाई र सामाजिक दुरीको विकल्पमास्कलाई कदापिलिनु हुँदैन । लगाएपछि सुरक्षित छु भनेर सरसफाई र सामाजिक दुरी कायमगर्न लापर्वाहीगर्नु हुदैन ।मास्कलगाएर सरसफाईमापनिध्याननदिने र नजिकै बस्ने भूलगर्नु हुदैन । त्यस्तै मास्कलगाउँदा र फुकाल्दापनि सावधानीअपनाउनु पर्छ । मास्कको भित्र पट्टि नछुने,छेउका डोरीमामात्र समाएर प्रयोग गर्ने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । डाक्टर शेर बहादुर पुनमास्कप्रयोगमा हेलचक्याई गर्न नहुने बताउँछन् ।मास्कलाई हातले छुने,टाउँकोमावा चिउडोमालगाउने,नाक र मुख नछोपीलगाउने हातमा झुण्ड्याउने,टेबुलमा राखेर लगाउने,त्यहिहातले विभिन्न सामान समाउने,मोबाइल समाउने,पसिना पुछ्ने र मास्क समाउने जस्ता कार्य गर्नु हुदैन । यसमा सावधानीअपनाउनु पर्छ । त्यस्तै विशेष गरी स्तनपान गराउने आमाहरुले बच्चालाई स्तनपान गराउनु अघि विशेष सावधानीअपनाउनु पर्छ । मास्कको प्रयोग गलततरिकाले प्रयोग गर्दा झन् घातक हुन सक्छ । त्यसैले यस विषयमा सचेत बन्नु पर्छ । सहीहिसाबले मास्कको प्रयोग गरेमामुखको थुकका छिटाहरुबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने संक्रमणको जोखिमकम रहन्छ । तर मास्कको प्रयोगमा सावधानीअपनाउन जरुरी छ । जे होस्अहिले सही ढंगले मास्कको प्रयोग व्यक्तिगत सुरक्षाको भरपर्दो साधनबनेको छ । यसले भिडभाडमा जाँदाआफू संक्रमितहुन र अरुलाई पनित्यसको जोखिमबाट बच्न,बचाउनमास्कप्रयोगले धेरै हद सम्म सहयोग पु¥याउने जनस्वास्थ्यविद्हरुको एकमत देखिन्छ ।
एकतिर मास्कको प्रयोगकाविषयमाजनचेतनाकालागिव्यापकप्रचार प्रसारको टड्कारो आवश्यकता देखिएको छ । यसको प्रयोग र गुणस्तरीयता सम्बन्धि सरकारी निकाय,स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र सरोकारवाला संघ संस्थाले समयमै ध्यानदिन जरुरी छ । यससँगै अर्कातिर प्रयोग भएकामास्कहरुको सहीव्यवस्थापनपनि पेचिलो विषयबनेको छ । जुनविषयले जनस्वास्थ्य र वातावरणमा भविष्यमाजोखिम बढाउने देखिन्छ । प्रयोगभएकामास्कहरु जथाभावीफाल्दा त्यसबाट अरुलाई संक्रमण सर्न सक्ने जनस्वास्थ्यविद्हरुको धारणा छ । त्यस्तै मास्कको उचितव्यवस्थापननुहँदात्यसले वातावरणमा पनिजोखिमनिम्त्याउने वातावरण विद्हरुको भनाई रहेको छ । अहिले चोक,चोकमा र यत्रतत्र सार्वजनिक स्थानमाप्रयोग भएकामास्कहरु देख्न सकिन्छ । जसले भोलिकादिनमा प्लाष्टिककै जस्तो रुप लिन सक्छन् । र यसले वातावरणीय क्षेत्रमानकारात्मक असर पार्ने देखिन्छ ।
त्यसैले प्रयोग भएकामास्कहरुको उचितब्यवस्थापनकालागि स्वस्थ्यतथा जनसंख्यामन्त्रालय र बनतथाबाताबरण मन्त्रालयलगायत सरोकारवाला संघ संस्थाले समयमै ध्यान पु¥याउन ढिलाई गर्नु हुदैन । कोरोनाभाइरस महामारीबाट सिंगो बिश्व नै आक्रान्तबनिरहेको अहिलेको अबस्थामा यो संक्रमणबाट बच्नु र बचाउनु मुख्यदायित्वहो । यस सँगै संक्रमणको रोकथाम र उपचार संगै त्यसले जनस्वास्थ्य र बाताबरणका क्षेत्रमाउत्पन्नगर्ने र निम्त्याउनसक्ने जोखिमकाबिषयमाबहशगर्ने,व्यबस्थापनगर्ने र कमजोखिमकालागिआबश्यककार्य गर्नु पनि सँग सँगैको अपरिहार्यताहो । यो कोरोनाभाइरसले कतिलामो समय सम्मबिश्व समुदायलाई आक्रान्तबनाउने हो,थाहा छैन । अहिले सम्ममानब सभ्यता र बिज्ञानलाई समेत चुनौतिदिदै बिश्व भर फैलिएको महामारी कोभिड –१९ को अहिले सम्म भरपर्दाे खोप वाऔषधि फेला पर्न सकेको छैन । आगो जस्तै सल्किएको यो महामारीले विश्वका धेरै मानिसको ज्यानलिइसकेको छ । लाखौं मानिस संक्रमितभएका छन् । कोरोना विरुद्धको लडाईमाअहिले सम्म सबै भन्दाप्रभावकारी रुपमा देखिएकाउपायहरु सरसफाई,सामाजिक दुरी र मास्कप्रयोग नै हो । त्यसैले सबैले सामाजिक दुरी कायमगर्ने, सरसफाइमाविशेष गरी साबुनपानीले हातधुने,स्यानिटाइजरको प्रयोग गर्ने र मास्कको सहीप्रयोग गर्ने नै कोरोना संक्रमणबाट बच्ने र बचाउने उपायहरु अवलम्बनगर्नुको विकल्प छैन ।
लेखक न्युनतम पारिश्रामिक निर्धारण समितिका अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्