जुनी खालिङ राई र कृष्ण भक्त राईको “गाउँघरको याद बोकी” गीत सार्वजनिक

जुनी खालिङ राई र कृष्ण भक्त राईको “गाउँघरको याद बोकी” गीत सार्वजनिक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । उदीयमान गायिका जुनी खालिङ राई र चर्चित गायक तथा संगीतकार कृष्णभक्त राईको आवाजमा रहेको “गाउघरको याद बोकी” लोक भाकामा आधारित पुर्वेली गीत सार्बजनिक भएको छ । जुनी खालिङ राई अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको यो गीतले पुर्वी पहाडी जिल्लाको सामाजिक मनोभावलाई उजागर गरेको छ ।

सार्वजनिक  “गाउधरको याद बोकी” गीतमा लेखक तथा गीतकार बसन्त लिम्बुले नेपाली समाजका बास्तविता उजागर गरेका छन् । गरिबका कारण पारिवारिक अवस्था मजबुद बनाउन बाध्यताले विदेशी भूमीमा श्रम गर्न पुगेका आफ्नो प्यारा, घरमा एकलै कठिन जीवन बिताउन बाध्य रहेकी आफ्ना मायालुको विषयमा  लेखिएको यो गीतले समग्र नेपाली समाजका बास्तविकता उजागर गरेको  छ ।

सार्वजनिक गीतको संगीत कृष्ण कुमार राईले गरेका हुन। गायक कृष्णभक्त राईले यस गीतको ऐरेन्ज गरेका हुन् । सार्वजनिक गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौ र पुर्वाञ्चल रेकर्डिङ स्टुडियो इटहरीमा गरिएको हो । गीतको मिक्सिंग र मास्टरिङ मुस्कान मुकारुङले गरेका हुन् । यस म्युजिक भिडियोको छायांकन राज बान्तावा राईले गरेका हुन् भने प्राविधिक पक्षको संयोजन इडिटिङ जीवन मुकारुङले गरेका हुन्।