भरत थोक्लेनको ‘माया जालमा…’ गीत सार्बजनिक

काठमाडौ । गीतकार भरत थोक्लेन लिम्बुको रचना रहेको ‘माया जालमा…’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । धनकुटाको परेवदिनमा बसेर शिक्षण तथा सञ्चार क्षेत्रमा क्रियासिल भरत थोक्लेन गायकपनि हुन् । मन्धुमी साहित्य सिर्जनामा दखल राख्ने गीतकार थोक्लेनका अन्य गीतपनि रेकर्ड भएका छन् सिमिक्लुङ दर्पणको च्यानलमार्फत सार्बजनिक भएको ‘माया जालमा…’ बोलको गीतमा एबी आङ्देम्बे र सिर्जना जबेगुको स्वर रहेको छ । गायक तथा संगीतकार राजु आङ्देम्बेको संगीत र श्याम लिम्बूको एरेन्जमा तयार भएको यो गीत पुर्वेली लोक भाका हो ।

प्रतिकृया दिनुहोस्