वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा अनियमिता आशंकाः अख्तियारद्वारा छानबिन शुरु

वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा अनियमिता आशंकाः अख्तियारद्वारा छानबिन शुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरान । बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भ्रष्टचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।

कोभिड अस्पताल सञ्चालनमा आएको ३ महिना पनि नपुग्दै जडान गरिएको नयाँ भेन्टिलेटरहरु बिग्रिए पछि आयोगले भ्रष्टचारको आशंकामा छानबिन शुरु गरेको हो । नयाँ भेन्टिलेटर बिग्रिएको र कोभिड अस्पतालमा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरी र उनको सल्लाहकार भनिएका स्वकिय सचिव दिपिल भट्टराईको मिलेमतोमा अनियमितता भएको आरोप छ । नयाँ भेन्टिलेटरहरु ३ महिनामै बिग्रिए पछि नक्कली सामानहरु जडान गरेर व्यापक अनियमितता गरेको आशंका छ । यसबिषयमा सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको र व्यापक जनगुनासो पनि आएको भन्दै आयोगले छानबिन थालेको हो ।

आयोगबाट हिजो सोमबार ४ जनाको टोली प्रतिष्ठान आएर कोभिड अस्पताल र भेन्टिलेटरहरुको बिषयमा जानकारी लिएको थियो । स्रोतका अनुसार अख्तियार टोलीले अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहसँग छलफल गरेको थियो । ‘उपकुलपति काठमाण्डौंमा गएकोले भेट भएन, अख्तियारले अस्पताल निर्देशकसँग आवश्यक जानकारी लिएको छ, र कागजपत्रहरु पनि मागेको छ,’स्रोतले भन्यो ।

अस्पताल निर्देशक डा.साहले पनि अख्तियारको टोली आएर कोभिड अस्पताल र भेन्टिलेटर खरिदबारे जानकारी मागेको पुष्टि गरे । साथै उनले आयोगले कागजपत्र पनि मागेको बताए । ‘उहाँहरु आउनु भएको थियो, मसँग कोभिड अस्पतला र भेन्टिलेटरबारे छलफल भयो, र कागजपत्र माग गर्नुभएको छ,’उनले भने ।

सरकारले कोभिड अस्पतालको लागि नयाँभेन्टिलेर खरिद गर्न बजेट दिएको थियो । प्रतिष्ठानले कोभिड अस्पतालमा जडान गरेको भेन्टिलेटरमध्ये ६ वटा ३ महिनामै बिग्रिएपछि व्यापक आलोचना भइरहेको छ भने अतियमितता भएको आरोप छ । भेन्टिलेटर अभावमा कोरोना सँंक्रमितहरुले प्रतिष्ठानका वार्ड र इर्मजेन्सीमा नै ज्यान गुमाइरहेका छन् । अख्तियारको इटहरीस्थित कार्यालय प्रुमख प्रकाश पौडेलले कोभिड अस्पतालको लागि संघीय र प्रदेश सरकारले दिएको करोडौं रकमबाट खरिद गरिएको उपकरण, औषधीलगायत कमसल भएको जनगुनासो र उजुरीको आधारमा छानबिन थालिएको बताए ।

कोभिड अस्पतालमा व्यापारीसँगको मिलेमतोमा नयाँ भेन्टिलेर भनेर पुरानो सामान जडान गरेको आशंका गरिएको छ । प्रक्रिया नपुर्याई फोनको भरमा कोभिड अस्पतालमा सामान तथा उपकरणहरु जडान गरिएको र अहिले विल मिलान गर्न नसकेर सप्लायर्सलाई भुक्तानी पनि गर्न सकेको छैन