प्रदेश १ मा १५ दिनभित्र एक हजार शैयाको अस्पताल निर्माण गर्न माग

प्रदेश १ मा १५ दिनभित्र एक हजार शैयाको अस्पताल निर्माण गर्न माग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रदेश १ को प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसले १५ दिनभित्र १ हजार शैयाको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । मंगलबार  विराटनगरमा पत्रकार सम्मेलनगरी  प्रतिपक्षी दलले १ हजार शैयाको कोभिड अस्पताल १५ दिन भित्र निर्माण गर्न प्रदेश सरकारसँग माग गरेको हो ।

                 प्रतिपक्ष दलका संसदीय दलका नेता राजीव कोइरालाले लकडाउनका अवधिमा प्रदेश सरकारले कोभिड अस्पताल निर्माणको अवसर चुकाएको बताए । कोइरालाले स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रसम्म रहेको विपद् व्यवस्थापन समितिलाई सक्रिय नपारेर अनेक खालका समिति बनाएर सरकार अलमलिइरहेको  बताए ।

प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी विराटनगरमा एक महिनाभित्र एक हजार शैयाको कोभिड अस्पतालको निर्माण गर्ने घोषणा गरे पनि अझैसम्म अस्पताल नबनेको बताए  । बाहानावाजी नगरी   १५ दिन भित्र सरकारले घोषणा गरे अनुसारको १ हजार शैयाको अस्पताल निर्माण गर्न प्रतिपक्षी दलको तर्फबाट  माग गरे ।