कुकुरलाई बिहे भोज खुवाउने जोडी

कुकुरलाई बिहे भोज खुवाउने जोडी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । विहेको भोजमा आफन्त, साथी भाई र अन्य शुभचिन्तकहरुलाई बोलाउनुको सट्टा पशुलाई मात्रै बोलाइएको घट्ना अहिले चर्चामा रहेको छ ।

        भारतका ओडिसामा यस्तै रमाइलो संयोग देख्न पाइएको छ । त्यहाँ एक जेडीले विहे गरेर ५ सय वटा कुकुरहरुलाई भोज खुवाएका छन ।

ओडिसाको भुवनेश्वर निवासी युरेका आप्टा र जोना वांगले स्थानीय मन्दिरमा साधारण तवरले विहे गरेपछि ५ सय कुकुहरुलाई भोज खुवाएको बिषयले चर्चा बटुलेको छ । पेशाले विमान चालक हुँदै फिल्म निर्माता बन्न पुगेका युरेका आप्टा र दन्त चिकित्सक जोना वांगले ३ बर्षअघि देखिको प्रेम सम्बन्धलाई साकार रुप दिन यस खालको विहे गरेका हुन ।

२५ सेप्टेम्बरमा सम्पन्न भएको यो विवाह र विवाहपछिको भोजको सन्दर्भ सामाजिक सञ्जालमा भाइरल बनेको एनडिटिभीले जनाएको छ । उनीहरुले मन्दिरमा विहे गरे पश्चात स्थानीय पशु संरक्षण क्षेत्रमा काम गर्ने संस्था पशु कल्याण ट्रस्टसंग मिलेर ५ सय वटा कुकुरहरुलाई भोज खुवाएका हुन । उनीहरुले पशु कल्याण ट्रस्टलाई यस क्षेत्रमा अझै राम्रो काम गर्न भन्दै केही धनराशि पनि दान गरेका छन् ।