भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक

भूमिका सुब्बाको ‘बनचरी’ सार्वजनिक
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ  गीत ‘बनचरी’ सार्वजनकि भएको छ । पुर्वेली झ्याउरे भाकाको यो गीतले दशैतिहारको समेत झझल्को दिने गरेको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहिबार रिलिज गरिएको हो ।

गीतमा एउटी नारीको जीवन यात्रालाई समेटिएको छ । एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माईती गाउँका ‘नोस्टाल्जिया’ गीतमा प्रस्तुत गरिएको गीतकार सुब्बाले बताईन । सुब्बा अफै राम्रो गायिका समेत हुन । उनका मालिङ्गो सैसै, भूमिका र संगिनी तीनवटा सोलो एल्बम रहेका छन्  । आधा दर्जन भन्दा बढी सयुक्त गीतिसग्रह बजारमा आएका छन् । बाल्यकालबाटै कलाकारिता क्षेत्रमा लागेकी सुब्बाको जनवादी गायिकाको रुपमा फराकिलो परिचय रहेको छ । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन । त्यसैको निरन्तरता हो, बनचरी ।

चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको यो गीतमा पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका कलाकार लक्ष्मी बर्देवाले जीवन्त अभिनय गरेकी छिन् । साजन राईको संगित रहेको यस भिडियोको किरण चाम्लिङ राईले निर्देशन गरेका हुन ।

बीजू कर्मचार्यले एरेन्ज गरेको यो गीत भर्जिन भ्वाईस स्टुडियोमा रेकर्ड गरिएको हो । भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेको भिडियोमा काठमाडौ उपत्यका छेउछाउँको ग्रामिण दृष्यहरु समेटिएका छन् ।